सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य–राष्ट्रपति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । बुधबार दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् ।

विगतमा देशमा अशान्ती, द्वन्द्व  र अस्थिर राजनितीका कारण पर्यटक निर्धक्क भएर घुम्ने वातावरण नरहेको उल्लेख गर्दै अहिले देश शान्त र समृद्धिको बाटोमा रहेकाले पर्यटकका लागि उचित गन्तव्य भएको बताइन ।

नेपालले भ्रमण बर्षको घोषणागरी देशमा पर्यटनमार्फत विकासको लक्ष्य बोकेको समेत बताइन् । पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने राष्ट्रपतिको भनाइ थियो ।
भ्रमण वर्ष सफल पार्न हरेक नेपालीले आ आफ्नो क्षेत्रबाट हातेमालो गर्न आवश्यक रहेको समेत राष्ट्रपति भण्डारीले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार