
कैलाली। प्रहरीले लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा कैलालीबाट एक महिलासहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, २२ वर्षीय समिर घिमिरे, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरीले उनिहरुलाई धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको कैलाली प्रहरी प्रवक्ता बस्नेतले बताए ।
उनिहरुबिरुद्ध लागुऔषध कारोबार ऐनअन्र्तगत कारवाही सुरु हुनेछ । प्रहरीका विभिन्न तथ्याङ्क अनुसार पछिल्लो समय कैलालीमा लागुऔषध सेवनकर्ता र कारोबारीहरु बढेको पाइन्छ ।










