धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सकारात्मक

मेयरसहितको भ्रमण टोली र काङ्गोन विश्व विद्यालयका प्रोफेसरबीच भेटवार्ता

काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सहकार्य गर्न सकरात्मक भएको छ ।

दक्षिण कोरियाको भ्रमणमा रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको नेपाली भ्रमण टोलीसंग सोमबार भएको भेटवार्तामा विश्वविधालयका प्रोफेसर किम्जोङ केयले नगरक्षेत्रको खेलकुद र स्वास्थ्यको विकासमा सहकार्य गर्ने बताएका हुन ।

उप–महानगरपालिकामा खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य गर्ने बिषयमा विश्वविद्यालय प्रोफेसर केय सकारात्मक रहेको मेयर वडले जानकारी दिए । विश्वविधालयले आफुसंग सहकार्य गर्ने कुराको हार्दिक स्वागत गर्दै प्रोफेसर केयप्रति मेयर वडले आभार ब्यक्त गरे।

प्रोफेसर केयको निमन्त्रणमा आईतबार दक्षिण कोरिया पुगेको मेयर वड नेतृत्वको टोलीले आज त्यहाँका महत्वपूर्ण ब्यक्तिहरुसंग भेटघाट गरिरहेको छ ।

भ्रमण टोलीले दक्षिण कोरियाको नगर ब्यवस्थापन, विकास लगायतका अन्य बिषयमा त्यहाँको अनुभव समेट्नेछ ।
एक साता लामो भ्रमणमा विशेषगरी स्वास्थ्य, नगर सफाइ, लगायत खेलकुद क्षेत्रका बारेमा अनुभव आदान प्रदान हुने मेयर वडले बताए ।

भ्रमण टोलीमा महानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायत नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाह रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार