राष्ट्रिय दलित पत्रकार संघको प्रदेश अध्यक्षमा रमा भट्टराई


कैलाली । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई (जैरू) चयन भएकी छन् । सङ्घको आइतबार कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गणेश रोका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुरा), सहसचिव रमेश वादी गन्दर्भ
(कन्चनपूर-कैलाली) र कोषाध्यक्षमा सुनिता विक (कैलाली) रहेका छन् ।

त्यस्तै संघको सदस्यमा लालबहादुर चंदारा (अछाम), शुरेस तोलाङ्गी( डडेल्धुरा), विक्रम भुल (वैतडी), सुवास नेपाली (डोटी), आकान्छा पाल्पाली (कंचनपुर), विवेक नागरिक (कैलाली) र  सोधा नेपाली (बाजुरा) चयन भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष तथा सम्मेलनका निर्वाचन मण्डल संयोजक अर्जुन शाहले जानकारी दिए ।

सम्मेलनले ३ जनालाई कार्यसमितिको पहिलो वैठकबाट सदस्यमा मनोनित गर्ने बताइएको छ ।

त्यस्तै प्रदेश समितिले हेमकर्ण विक, हरिष विक, शर्मिला बागचन्द र गणेश नेपाली गरी चार जनाको सल्लाहकार समिति समेत चयन गरेको छ ।

सम्मेलनमा राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै अधिकारप्राप्तीका लागि संघको स्थापना गरिएको बताए ।

संङ्घले अहिलेसम्म देशका ४७ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको उनले जानकारी दिए । उनका अनुसार संघमा हालसम्म १५ सयबढी दलित संचारकर्मीहरू संगठित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार