बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भङ्ग


काठमाडौं । सत्तारुढ नेकपा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ र त्यसपछि राष्ट्रपतिले मनोनीत गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन् ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुने व्यवस्था छ। अहिलेका अर्थमन्त्र िडा. युवराज खतिवडा पनि राष्ट्रपतिबाट मनोनीत भएर सांसद भएका थिए ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडाले आफ्नो सांसदको समयअविध दुई वर्ष पाएका थिए।

त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधन गर्न बरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदललाई तत्कालका लागि अघि नबढाउने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार