
काठमाडौं । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आएकी छन् । टोनी संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा बिहीबार नेपाल आएकी हुन । उनिसंगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।
टोनीसहितको टोलीले मिस वर्ल्डमा ‘विउटी विथ पर्पोज’ जितेको भिडियोमा देखाइएको नेपालको मकवानपुर र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गर्ने कार्यक्रम छ ।













