रोहिंग्यामाथि नरसंहार गरेको भन्दै म्यानमारकी नेतृ सुकीको नोबेल शान्ति पुरस्कार खोसियो


काठमाडौं । म्यानमारका रोहिंग्या मुसलमानको नरसंहार गरेको भन्दै म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको नोबेल शान्ती पुरस्कार खोसिएको छ ।
द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ सुकीलाई प्रदान गरेको सम्मान फिर्ता लिएको हो।

म्यानमारका रोहिंग्या समुदायमाथि चरम अन्याय गरेको आरोपमा सुकीलाई गत डिसेम्बरमा द हेगको अन्तर्राष्ट्रिय अदालतमा (आईसीजे) उपस्थित गराइएको थियो ।

त्यहाँ उनले रोहिंग्या पीडितहरू विरुद्ध बलात्कार, आगजनी र सामूहिक हत्याको आरोपमा देशको बचाउ गरेकी थिइन्।

उनले हेगमा म्यानमारका सेनाहरूले नरसंहार गरेको नभइ रोहिंग्या मुसलमानहरूले दर्जनबढी प्रहरी चौकीमा गरेको आक्रमणको प्रतिकार गरेको भन्दै देशको सेनाको बचाउ गरेकी थिइन्।

उनले त्यसलाई आन्तरिक दन्वद्को मामिला भएको बताउँदै सेनाको कदमबाट मानव अधिकारको उलङ्घन भएको भएपनि आमनरसंहारको स्तरमा नपुगेको दावी गरेकी थिइन्।

तर, उनको दावी गलत ठहर गर्दै उनलाई दिइएको पुरस्कार फिर्ता लिने निर्णय अदालतबाट सार्वजनिक भएको छ ।

सन् २०१७ मा म्यानमारको उत्तरी राखिन राज्यमा भएको हिंसामा हजारौँ रोहिंग्याहरुको मृत्यु भएको थियो भने लाखौंको संख्यामा रोहिंग्याहरु श्रीमेकी देश बंगालादेश, भारत र नेपालमा आइ आश्रय लिएका थिए । उनिहरु अझै पनि ति देशहरुका शरणार्थी जिवन बाँचिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार