निर्मलाका बुवाले भने, ‘न्यायका लागि प्रशासनको गेटमै प्राण त्याग्छौं’ (भिडियोसहित)

निर्मलाका परिवारद्धारा जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना

 

कंचनपुर ।  हत्यारा सार्बजनिक गर्नुपर्ने माग गर्दै आजदेखि (आइतबार) निर्मला पन्तका परिवारजन जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा अनिश्चितकालीन धर्ना बसेका छन ।

सदरमुकाम भिमदत्तनगरमा दिउंसो १२ बजे निकालिएको शान्तीपुर्ण र्याली जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा पुगी निर्मलाका बुवा, आमा, भाइ, बहिनी सहित स परिवार धर्नामा बसेका हुन ।

आफ्नो छोरीको हत्यारा पत्ता नलागेकाले आफुहरु बाध्य भई न्याय माग्न प्रशासन अगाडी धर्ना बसेको निर्मलाका बुवा यज्ञराज पन्तले अनमोलपोष्टलाई बताए । “न्याय नपाउँदासम्म प्रशासनको गेटबाट घर जादैनौं निर्मलाका बुवा यज्ञराजले भने, मरे पनि यहि मर्छु । मैले अरु केहि मागेको छैन मेरी छोरीलाई बलात्कार गरि हत्या गर्ने अपराधीलाई कानूनको कठगरामा ल्याउनु पर्यो ।”

१३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडितहरु न्यायका लागि अन्तिम विकल्प भन्दै धर्नामा बसेको अधिकारकर्मी सारदा चन्दले बताईन ।

नागरिक संघर्ष समिति कचनपुरले अगुवाई गरेको ¥यालीमा अधिकारकर्मी, संचारकर्मी स्थानियहरुको सहभागिता थियो ।

तिहार अघि निर्मला पन्तका परिवारले आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै तिहार गलत्तै जिल्ला प्रशासन कार्यलयको गेटमा धर्ना बस्ने बताएका थिए । धर्ना बस्दा समेत न्याय नपाए अन्तिम विकल्पका रुपमा स परिवार आमरण अनशन बस्ने चेतावनी समेत दिइसकेका थिए ।

यसबारे बिशेष भिडियो यहाँ हेर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार