बैतडीमा फेरी चितुवाको आतँक सुरु, आक्रमणबाट बालिकाको मृत्यु

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक नौं बर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुहारलाई मंगलबार बिहान ४ बजे घरकै ओछ्यानमा आएर चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५ सय मिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार फागुन २१ गते पनि शिवनाथ गाउँपालिका–४ का हर्कबहादुर साउदमाथि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । बैतडीमा २०६८ सालदेखि अहिलेसम्म २५ जनाको चितुवाले ज्यान लिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार