कंचनपुरमा बुवाद्धारा आफ्नै १४ बर्षीय छोराको विभत्स हत्या

कञ्चनपुर । कंचनपुरमा बुवाद्धारा आफ्नै १४ बर्षीय छोराको विभत्स हत्या भएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नं २ उल्टाखामका डम्बर चन्दले आफ्ना १४ वर्षीय छोरा सुर्वणलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार बुधबार साँझ घरमै डम्बरले छोरालाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका थिए । उनको उपचारका लागि महाकाली अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए ।

घटना लगत्तै प्रहरीले डम्बरलाई पक्राउ गरेर घटनाबारे जाँचबुझ गरेको छ । डम्बरले प्रयोग गरेको छुरा समेत प्रहरीले घटना स्थलबाट बरामद गरेको जनाएको छ । बालकको शव महाकाली अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार