
कंचनपुर । नेपाली भूमिमा गाडिएको सीमास्तम्भ स्थानीयहरुले तोडफोड गरिदिएका छन् ।
कंचनपुरको दक्षिण पश्चिमीक्षेत्रको नेपाली भुमिका सीमा स्तम्भ खडा गरिएको भन्दै शनिवार बिहान स्थानियहरुले तोडफोड गरेका हुन ।
हालै नेपाल- भारत संयुक्त संर्वे टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रको नेपाली भुमिमा ७८३/४ नम्बरको सीमा पिलर गाडेका थिए ।
नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पुर्व संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा, हरेन्द्र सिहं बिष्ट, भोजराज बोेहरा, गोेपाल गुुुुरुङ, जनक सिहं धामी, कृृृृृष्णाा गिरी, गोपी प्रसाद उपाध्याय, प्रकाश राज पन्त लगायतको टोली सीमा अनुगमन गर्न गएकै बेला स्थानियहरुले उक्त सीमा स्तम्भ तोडफोड गरेका हुन ।
काँग्रेस कार्यकर्ता र स्थानीयहरुले भारतले सीमा मिचेर बनाएको पिलर तोडफोड गरेक गरेका थिए । उनीहरुले घन, हतौडा र ढुङ्गा प्रहार गरेर सीमा पिलर तोडफोड गरेका हुन ।
आक्रोषित स्थानीयहरुले सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको बिरोध समेत गरेका थिए ।
देशका अन्य ठाँउ जस्तै कंचनपुरका विभिन्न सीमा क्षेत्रमा भारतले नेपाली भुमी मिचेको छ । जसबारे बेला बखत आवाज उठ्दै आएको भएपनि सरकारले खासै वास्ता नराखेको भन्दै स्थानिय आक्रोषित बन्दै आएका छन् । सीमा विवादलाई लिएर कंचनपुरमा एक युवा भारतिय सुरक्षाकर्मीको गोली लागेर शहिद समेत भइसकेका छन् ।










