कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-४ स्थित हनुमान मन्दिर नजिकै से३प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली प्रहरी प्रवक्ता दक्ष बस्नेतले बताएअनुसार मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का २६ वर्षीय श्यामकुमार कुँवर रहेका छन् । अर्का मृतकको सनाखत भएको छैन ।

घटनाको प्रारम्भिक प्रहरी अनुसंन्धान अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार