कैलाली । विश्व मधुमेह दिवसको अवसरमा धनगढी स्थित धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क सुगर जाँच शिविर आयोजना गरेको छ । शिविरमा ११३ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
यस्तै, दिवसको अवसरमा ७१ जना थाइराइडका विरामीले सहुलियतमा औषधी तथा चेक जाँच गराएको अस्पतालका प्रवन्ध निर्देशक महेन्द्रसिंह साउँदले जानकारी दिए । उनका अनुसार बिरामीले मात्र पाँच सय रुपैयामा थाइराइडको जाँच गराएका हुन् । थाइराइडको शिविर यही कार्तिक ३० गतेसम्म सञ्चालन हुने छ ।