अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना


कैलाली । कैलालीमा अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना तिराइएको छ ।
धनगढीबजार स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनीटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना तिराइएको हो ।

शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको पाइएकाले जरिवाना तिराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले जनाएको छ ।

उक्त मेडिकल हलले अवैध सेनेटाइजर बिक्री गरिरहेको सूचनाका आधारमा कार्यालयबाट गएको टोलीले अनुगमन गर्ने २० हजार जरिवाना गराइएको हो ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार