
कैलाली । नेपालमा पनि कोरोना संक्रममित हुनेको संख्या ४ पुगेको छ । शुक्रबार कैलालीका एक ३४ बर्षीय युवामा संक्रमण पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ४ पुगेको हो ।
उनि केहि दिन अघि दुबईबाट घर फर्केका थिए । घर आएको केहि दिनमा स्वास्थ्यमा सामान्य समस्या आएपछि उनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको शुक्रबार आएको स्वास्थ्य जाँचको रिर्पोटमा उनि संक्रमित भएको पुष्टी भएको हो ।
संक्रमण देखिएपछि उनलाई अहिले अस्पतालको छुट्टै वार्डमा राखिएको छ । तर, अहिलेसम्म कोहि पनि स्वस्थ्यकर्मीले उनलाई नभेटेको उनको गुनासो छ । शनिवार बिहान कैलालीका केहि संचारकर्मीसंग उनले कुराकानी गर्दै आफुले तातो पानी सम्म खान नपाएको बताएका छन् ।
प्रस्तुत छ ति युवाले कैलालीका संचारकर्मीसंग गरेको कुराकानी:
“विराटनगरका एक जना साथी र म भारतको राजधानी दिल्ली हुँदै धनगढी आउने योजना अनुसार ७ गते दुबैईबाट दिल्ली पुग्यौ। दिल्लीबाट काठमाडौँ उठानका लागि ६ घण्टा पर्खिनुपर्ने थियो तर हामी विमानस्थलबाट कतै बाहिर निस्केनौ।
६ घण्टापछि काठमाडौँका लागि उड्यौ। त्यो दिन म काठमाडौँ मामाको घर बसे। चैत ८ गते सोझै धनगढीको टिकट पाईएन र म बुद्ध एयरको विमान मार्फत नेपालगञ्ज आए। नोपलगञ्जबाट महेन्द्रनगरको सार्वजकिन बसमा चढे र अत्तीरयाबाट अर्को सार्वजनिक गाडीमा धनगढी पुगे। ८ गते पनि मेरो यात्रामै बित्यो। ९ र १० गते घर परिवार र छरछिमेकसंग सामान्य भेटघाट भयो।
११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि म सेती प्रादेशि अस्पता भर्ना भए। डाक्टरले आईसोलेसनमा बस्न सुझाए। आईसोलेसनमा बसेको चौथो दिन कोरोना भाईरस पोजेटिभ देखाएको सुन्दा म आफैँ अचम्मित भए।
संक्रमणको पुष्टि पछि अहिले मलाई सेती अस्पतालको छुट्टै कोठामा राखिएको छ। अहिले सम्म स्वस्थ्यकर्मी भेट्न आउनुभएको छैन्। मैले तातो पानी पनि पाएको छैन्। कोही भेट्न नआए पनि तातो पानी बेला–बेला पाए ठिक हुन्थ्यो। मलाई सन्चो हुन्छ भन्ने पूर्ण विश्वास छ।”










