दार्चुला । मलेसियामा दार्चुलाका एक युवाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको हो । उनि तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।
धामी बिहीबार एक होटल नजिकै मृत फेला परेका थिए । उनको मृत्युको बिषयमा केहि थाहा हुन नसकेको परिवारले जनाएको छ । धामीका श्रीमती र ८ र ४ वर्षका दुई छोरा र तीन बर्षकी छोरी छन् । मृत्यु भएका धामीका शव नेपाल ल्याउने तयारीबारे छलफल भइरहेको बताइएको छ ।
वैदेशिक रोजगारीका लागि मलेशिया जाने कतिपय नेपालीको यसरि नै रहस्यमय ढंगले मृत्यु भएको खबरहरु बेला बेला आइरहन्छन् । विभिन्न चिकिस्तक तथा मानोबैज्ञानिकहरुको भनाई अनुसार यसरि मृत्युको कारण भने घर परिवारको चिन्ता, एक्लोपना, कामको असन्तुष्टी, खानपीन र आराम मुख्य कारण देखिएका छन् ।