बागलुङमा दोस्रो कोरोना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ६ पुग्यो


काठमाडौं । बागलुङमा दोस्रो कोरोना संक्रमिण्त भेटिएसंगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको अपडेट अनुसार नेपालमा संक्रमितको संख्या ६ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाएअनुसार छैटौं संक्रमित बागलुङकी ६५ वर्षकी वृद्ध महिला हुन।

नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म घरमै बसेकी उनलाई धौलागिरी प्रादेसिक अस्पताल ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र पौडेलले जानकारी दिए ।

६४ वर्षीया ति महिला यसअघि कोरोना देखिएकी १९ बर्षीय युवतीकी नातेदार भएको खुलेको छ । १९ बर्षीय युवती अहिले धौलागिरी अस्पतालमै उपचार भइरहेको छ । चिकित्सका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै छ ।

अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको समेत प्रवक्ता देवकोटाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार