प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुग्यो–नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधीले संसदीय मर्यादामा आँच पुगेको बताएका छन् ।
संसदमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ती र गतिविधीले संसदीय मर्यादाको समेत ख्याल नगर्नु लज्जास्पद भएको उनको भनाई थियो ।

शनिवार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको छ, संसदीय मर्यादाको ख्याल नगर्नु लज्जास्पद कुरा हो।’

नेता सिंहले कम्युनिष्ट सरकार आफै संघीयता असफल बनाउन उद्धत रहेको आरोप समेत लगाए । दुई तिहाइको सरकारबाट जनताले केहि पनि नपाउने उनको ठोकुवा थियो । “समृद्धिको नारा लगाउँदैमा जनताले सुख पाउने होइन उनले भने, बिकास बजेट समेत खर्च गर्न नसक्ने सरकारले कसरि समृद्धि ल्याउँछ ? ”

कम्युनिष्ट सरकारका काम कारवाही अधिनायकवादतर्फ उन्मुख रहेकाले काँग्रेस त्यसको फर्दाफास गर्न जनतामाझ जनजागरण अभियान लिएर गाँउ गएको समेत उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार