लकडाउनका बेला खाद्यन्न गोदाममा आपूर्तिमन्त्रीको अनुगमन


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रमुख खाद्यन्न भण्डारको अनुगमन गरेका छन् ।
बुधबार मन्त्री भट्टसहितको अनुगमन टोलीले कुलेश्वरमा निजी क्षेत्रबाट सञ्चालित खाद्यान्न भण्डारहरुको अनुगमन गरेको हो ।

खाद्यान्न गोदामहरुमा चामल, पिठो, गुडागुडी, चिनी, फलफूल लगायतका सामानहरु मौज्दात अवस्था र बजारको मागबारे मन्त्री भट्ट र वाणिज्य सचिव डा। बैकुण्ठ अर्यालसहितको टोलीले जानकारी लिएको मन्त्रालयको सचिवालयले जनाएको छ ।

कोरोनाका कारण मुलुक संकटको अवस्थामा रहेका बेला सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री भट्टले अनुचित कार्यलाई सरकारले हदैसम्म निरुत्साहित गर्ने बताएका छन ।

अनुगमनका क्रममा खाद्यन्न ढुवानी गर्ने सवारी चालक तथा सामान लोड गर्ने श्रमिकका लागि पास नहुँदा ढुवानीमा समस्या भइरहेको व्यवसायीको गुनासोप्रती मन्त्री भट्टले कार्यालय परिसरमै सुरक्षित क्वारिन्टाईनमा राखेर काम गर्न सुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार