
काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
बिहीबार मन्त्रालयले सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको हो ।
सांसद यादवले केहि दिनअघि भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए। क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।










