
काठमाडौँ । कोरोना संक्रमण देखिएका र उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँलाई निसंक्रमण गरिदैं छ । काठमाडौं महानगरपालिकाले ती ठाउँहरुलाई निसंक्रमण गरेको हो ।
महानगरले संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गरिरहेको छ ।
यसअघि पनि महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा डीस–इन्फेक्टेन्ट गरेको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरले दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको जनाएको छ । महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्बन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको बताएको छ ।










