सरकारलाई अध्यादेश फिर्ता लिन काँग्रेसको माग, माग पुरा नभए कानुनी प्रकृयामा जाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई पछिल्लो पटक गरेका निर्णय फिर्ता लिन माग गरेको छ । मंगलबार विहान पार्टी समाभापति शेरबहादुर देउवासको निवासमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको हो ।

कोरोना महामारीको यो संकटमा सरकारले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउनु उचित नभएको काँग्रेसको ठहर छ । महामारी विरुद्ध लड्न सरकारलाई प्रतिपक्षदलले समेत सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको काँग्रेसले बुझाई छ ।

काँग्रेसले सरकारले संविधान उल्लंघन गर्दै लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको ठहर गरेको छ । साथै काँग्रेसले सरकारले अध्यादेश फिर्ता लिनुपर्ने माग समेत गरेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश सोमबार नै राष्ट्पतिबाट कार्यान्वयनमा आइसकेको छ । यसबारे काँग्रेसले बुधबार सरकार बाहिर रहेका दलहसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रिन आग्रह गरेको छ ।  काँग्रेसले लकडाउनका कारण सरकारविरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने कार्य अगाडी बढाउन सबैलाई आग्रह गरेको छ ।

साथै सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल गरेको छ । काँग्रेसले लक डाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको निष्कर्ष निकालेको छ ।

काँग्रेसले कोरोना महामारीको संकटका बेला दुखमा परेका नागरिकलाई सहयोग गर्ने र घर गइरहेकालाई व्यवस्थापन गर्ने कुरामा सरकार गम्भिर नरहेको बताएको छ ।

भिडियो हेर्नुहोस

सरकारले ल्याएको अध्यादेशबारे काँग्रेस प्रवक्ता विश्वप्रकास शर्मा

सरकारले ल्याएको अध्यादेशबारे काँग्रेस प्रवक्ता विश्वप्रकास शर्मा

Gepostet von Anmol Media am Dienstag, 21. April 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार