काठमाडौं । आफुलाई धर्ती माताको नाम दिएर युवतीलाई बोक्सीको नाममा यातना दिने मातालाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानीयले प्रहरीको आलोचना गरेपछि काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार विहान बालाजुबाट पक्राउ गरेको हो ।
अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।
एक साताअघि नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ भन्दै सर्वसाधारणको भिडमा युवतीलाई बोक्सीको नाममा उनले यातना दिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।










