काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस गरिरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केहि परिर्बतन विरोधीहरुले मान्छेहरुले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरिरहेको बताएका हुन्। देशका सबै बर्ग, समुदाय, लिंग र क्षेत्रको समान अधिकारका लागि जनताले लडेर ल्याएको गणतन्त्रमाथि प्रश्न उठाउनु भन्दा यसको रक्षा गर्दै सबै देश विकासमा लाग्न आग्रह पनि गरे ।
परिर्बतनविरोधीहरु आफै सक्किने बताउँदै उनले जनताका निरासा र गुनासाहरुको संवोधन गर्दै ब्याप्त भ्रष्टाचार, ब्यथिति, अराजकता अन्त्य गर्दै देश विकासमा सरकारको ध्यान रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा समेत गरे । नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको उनको भनाई थियो। प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको स्मरण गर्दै सरकारको दस्ताबेजमा नै नेपाल संवत लेख्न आवश्यक रहेको बताए ।