एकै परिवारका आठ जना नेपाली कोरोना जितेर घर फर्किए

काठमाडौं । एकै परिवारका आठ जना नेपाली कोरोना संक्रमणबाट निको भएका छन् । भारतको मुम्बइमा बस्दै आएका उनीहरु उपचारपछि निको भएर घर फर्किका छन् ।

नेपाल घर अछामको चैरपाटी भएका उनीहरु भारतको मुम्बइमा बस्दै आएका थिए । एक परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसीले जनाए अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

मुम्बईको एक अस्पतालमा उपचारत उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि घरमा फर्किएका छन् । अहिले उनीहरुको अवस्था समान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार