
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । आज पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । पृथ्वी जयन्तीको अवसरमा यसपटक सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
पृथ्वी जयन्तीको अवसरमा शालिकमा माल्यार्पण गर्नुअघि आज बिहान एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् ।
शुभकामना सन्देशमा उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् ।








