उपत्यकामा पहिलो दिनमै निषेधाज्ञा उल्लङ्घन गर्ने ११ सय बढी कारबाहीमा 

काठमाडौं । काठमाडौं उपत्यकामा प्रशासनले गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा अति आवश्यक बाहेकका काममा घर बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरिएको छ । तर पनि प्रशासनको निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले पहिलो दिनमै ११ सय बढीलाई कारबाही गरेको छ । उपत्यकाका तीनवटै जिल्लामा १ हजार १ सय ७० जनालाई बारवाही गरिएको प्रहरीले जनाएको छ ।

लकडाउन भन्दा पनि निषेधाज्ञा कडा भएकाले स्थानीय प्रशासनले कसैलाई पनि घर भन्दा बाहिर ननिस्किन आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेरी गर्दै सडकमा हिड्नेलाई कानुन अनुसार कारवाही गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार