
काठमाडौं । नेपाली काँग्रेसले कोरोनालाई मध्यनगर गर्दै ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । बुधबार बसेको पार्टीको बैठकले डा रामशरण महतको संयोजकत्वमा १४ सदस्यि समिति गठन गरेको जनाएको छ ।
सभापति शेरबहादुर देउवाको आग्रहमा नेपाली कांग्रेस केन्द्रीय समितिको बैशाख १७ मा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय अनुसार ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरिएको जारी विज्ञप्तिमार्फत जनाइएको छ ।
समितिमा विगतमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा रहेर काम गरीसकेका नेताहरु रहेका छन् । समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्ने काँग्रेसले जनाएको छ ।
समिति यसप्रकार छ :
१, संयोजक — डा. रामशरण महत
२, सदस्य — श्री महेश आचार्य
३, सदस्य — श्री ज्ञानेन्द्रबहादुर कार्की
४, सदस्य — डा. नारायण खड्का
५, सदस्य — डा. मिनेन्द्र रिजाल
६,, सदस्य — श्री चिनकाजी श्रेष्ठ
७, सदस्य — श्री दिपकुमार उपाध्याय
८, सदस्य — श्री भरत शाह
९, सदस्य — श्री उदय शमशेर राणा
१०, सदस्य — डा. पृथ्वीराज लिगल
११, सदस्य — डा. शंकर शर्मा
१२, सदस्य — डा. जगदीशचन्द्र पोख्रेल
१३, सदस्य — डा. गोविन्द पोख्रेल
१४, सदस्य — डा. स्वर्णिम वाग्ले













