रुसद्धारा दुई हप्ताभित्रै कोरोनाको भ्याक्सिन ल्याउने तयारी


एजेन्सी । कोरोना भाइरसले विश्व नै आक्रान्त पारेको छ महिना बितिसक्दा पनि यसविरुद्ध अहिलेसम्म कुनै उपचार वा भ्याक्सिन पत्ता लाग्न सकेको छैन् । विश्वका शक्तीशाली राष्ट्र कोरोनाविरुद्ध भ्याक्सिन बनाउन अहोरात्र खटिरहेको भएपनि खासै सन्तोषजनक खबरहरु नआएका बेला रुसले भने केहि आसा देखाएको छ ।

अन्र्तराष्ट्रिय समाचार एजेन्सी सिएनएनले जनाएअनुसार रुसले अबको दुई हप्ताभित्रै कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरेको छ ।
कोरोनाविरुद्धको भ्याक्सिन बनाउने विश्वमा रुस पहिलो देश बन्नका लागि उसले यसमा रातदिन काम गरिरहेको छ ।

समाचारमा जनाइएअनुसार भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै विभिन्न आशंका कायमै छन् ।

रुसी अधिकारीहरुले सिएनएनलाई बताएअनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि नै भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन् । मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको सिएनएनले जनाएको छ ।

इन्स्टिच्युटले बताएअनुसार यो भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत हुनेछ र पहिलो प्राथमिकता स्वास्थकर्मीलाई दिइनेछ ।
रुसी रक्षामन्त्रालयका अनुसार रुसी सैनिकहरुले भ्याक्सिनको मानवीय परीक्षणमा स्वयंम्सेवकको भूमिका निभाएको जनाएको छ ।

भ्याक्सिन विकास परियोजनाका निर्देशक अलेक्जेन्दर गिन्सवर्गले सिएनएनसँगको कुराकानीमा आफुले पनि भ्याक्सिन लगाइसकेको जानकारी दिएका छन् ।

रुसी अधिकारीहरुका अनुसार विश्वव्यापी महामारी र रुस आफैं पनि कोरोना भाइरसको समस्यामा रहेका कारण भ्यासिनलाई फास्ट ट्रयाकबाट स्वीकृति दिन लागिएको हो । रुसमा अहिलेसम्म ८ लाख २८ हजार बढी कोरोना संक्रमित छन भने १३ हजार बढीको मृत्यु भइसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने होडवाजीमा अमेरिका, चीन, जपान, कोरिया, अष्टेलिया, भारत लगायतका देशहरु पनि रहेका छन् । उनिमध्ये कसैले भ्याक्सिन निमार्णको दोस्रो, तेस्रो चरण पार गरेका छन् । विश्व स्वास्थ्य संगठनले बताएअनुसार अर्को बर्षसम्म कोरोनाविरुद्धको भ्याक्सिन संसारभर उपलव्ध हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार