कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा ६० पुग्यो

लण्डन । विश्वभर फैलिएको कोरोना संक्रमणबाट बेलायतमा पनि नेपालीले ज्यान गुमाएका छन् । बेलायतमा सोमबार साँझसम्म ६० जना नेपालीले ज्यान गुमाएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

बेलायतमा ज्यान गुमाउनेमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । धेरै जसो ७० वर्षभन्दा माथिका बृद्धाहरुले ज्यान गुमाइरहेको बताइएको छ । अहिले पनि लण्डनमा धेरै सक्रमति रहेका छन् ।

कोरोना संक्रमणबाट देश बाहिर ज्यान गुमाउने नेपालीहरुको संख्या ८७ पुगेको छ । यसमा सबै भन्दा धेरै नेपालीले बेलायतमा ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार