कोरोना संक्रमित बढेसँगै डडेल्धुरा अनिश्चितकालका लागि सिल


डडेल्धुरा । डडेल्धुरा  जिल्लालाई आनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई शुक्रबार दिउँसो तीन बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति बैठकले दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सिल रिएगरिएको छ । बैठकले जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

कोरोनाको उच्च जोखिमबाट जिल्लालाई बचाउनका लागि पनि अतिआवश्यक बाहेकका सेवा बन्द गरिएका छन् । खुकुलो लकडाउनले कोरोना संक्रमण बढ्ने खतरा भएकोले सिल गरिएको बताइएको छ ।

अहिलेसम्म डडेल्धुरामा १ सय २८ जना कोरोना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार