बैठकमा प्रधानमन्त्री आउन नमानेपछि स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।बिहीबार वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली आउन नमानेपछि बैठक केहीबेर बसेर स्थगित भएको हो ।

अहिले ओलीसंग अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेको बताइएको छ।

केहि दिनदेखि जारी स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव दिइरहेका छन् । त्यसलाई ओलीले इन्कार गर्दै आएका छन् ।

यसबीच, प्रधानमन्त्री ओलीले बिहीबार बिहान मन्त्रिपरिषद् बैठक स्थायी बैठक नसकिदै प्रधानमन्त्रीले एकाएक संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि बैठक प्रभावित बन्न पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार