काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१, ललितपुर र भक्तपुरका २ – २ गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संक्रमित कुन ठाउँको हुन् भन्ने बारेमा भने खुलाएको छैन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।








