
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढ्दै गएको छ । उपत्यका बाहिरबाट आएका व्यक्तिहरुको संख्या बढ्नुका साथै लकडाउन खुलेका कारण पनि संक्रमितको संख्या बढ्दै गएकाे हाे ।
पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४३, भक्तपुरका ५ र ललितपुरका ३ गरी ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लकडाउन खुलेपनि कोरोना संक्रमणको जोखिम उच्च भएकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालन गर्न सबै नागरिकलाई अनुरोध गरेको छ ।














