
काठमाडौं । समाजको यर्थातामा गीत सिर्जना गर्ने लोकप्रिय लोक गायक प्रकाश सपुतको पछिल्लो गीत ‘बदला बरिलै’ निकै मन पराइएको छ । युट्युव उक्त गीत ट्रेन्डिङ वानमा परेको छ । तीन दिनमै गीत ट्रेन्डिङ वानमा पर्दै अहिलेसम्म दश लाख बढी पटक हेरिसकिएको छ ।
समाजमा बढ्दै गइरहेका बलात्कारका घटनाको कथाबस्तु बनाई गीत निमार्ण गरिएको छ ।
जसलाई दर्शकहरुले निकै मन पराएका छन् । बलात्कारका अधिकांस पीडितहरुले न्याय नपाइरहेको अवस्थालाई गायक सपुतले गीतको कथामा दर्शाएका छन् । बलात्कारसंगै समाजमा छोरा र छोरीबीचको भेदभावलाई पनि देखाइएको छ ।
गीतलाई दर्शकले छोटो समयमा अत्याधिक मन पराएकोमा गायक सपुतले सबैप्रती आभार ब्यक्त गरेका छन् ।
“समाजमा बढ्दै गइरहेको बिकृती विसंगती, समस्या, अन्यायबारे एउटा राम्रो गीत सिर्जना गरिएछ भन्ने लाग्यो सपुतले अनमोलपोस्टलाई भने, सामाजिक दायित्व सम्झेर काम गरेको हुँ, दर्शक स्रोताले मन पराइदिए, सबैप्रती आभारी छु ।”
गीत हेर्नुहोस









