
विराटनगर । ९० वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन् । विराटनगर ६ की ९० वर्षीया वृद्धा बुधबार कोरोना जितेर घर फर्किएकी हुन् ।
उनलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले बिदाई गरेका थिए ।
एकसाता अघि काेराेना संक्रमण दखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन्र ।
बुधबार प्रदेश १ बाट वृद्धासहित ५७ जनाले कोरोना जितेर फर्किएका छन् ।









