
काठमाडौं । अनियमिततामा दोषी ठहरिएपछि नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएका छन् । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतबाटै दोषी ठहरिएपछि उनीहरुलाई बर्सास्त गरिएको हो ।
खर्सास्त पर्नेमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा रहेका छन् ।
तीनै जनालाई आइतबार बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहर गरिएको जनाएको छ ।
संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने छ ।











