उपत्यकामा निषेधाज्ञा जारी भएकै बिहान, नियम उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन नियन्त्रणमा


काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या बढेकाले उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञामा प्रशासनले गर्न पाउने र नपाउने नियमहरु सार्वजनिक गरेको छ । तर पनि निषेधाज्ञाको उल्लंघन गर्ने दुई सय भन्दाबढी सवारी साधन बिहानै प्रहरीले निणन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको उल्लंघन गरेको भन्दै कोटेश्वर, बानेश्वर, कलंकी, जावलाखेललगायतका स्थानबाट सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सवारी साधन पक्राउ गरी मानिसहरुलाई घर पठाइएको छ । सवारीसाधनलाई भने भोलिदेखि ननिस्कन अनुरोध सहित साँझ छोडिने छ ।
नियन्त्रण गर्नेक्रम जारी रहेकाले अझै बढ्न सक्ने बताइएको छ । सवारीसाधनका साथै सर्वसाधरणलाई पनि नियन्त्रणमा लिइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार