काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना पुष्टि ४ भाद्र २०७७, बिहीबार १६:२१ काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।