
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य लक्षण भएका कोरोना संक्रमितको १० औं दिनमा फेरि पिसीआर परीक्षण गर्न निर्देशन दिएको छ । लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १४ दिन राखेर परीक्षण नै नगरी घर पठाउनु अघि १० औं दिनमा परीक्षण गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।
१० औं दिनमा गरिएको परीक्षणमा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई भने थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।
यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले बताएको छ ।









