
कैलाली । जबरजस्ती करणी गरी फरार भएका ४ युवालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नं ९ पुर्व खैरीफाँटाका १८ वषीय लोकेन्द्र रावत, १८ वर्षकै कुमार कडारा, १८ वर्षकै शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् ।
भदौ ११ गते राती १७ वर्षीय किशोरीलाई टीकापुर काकाको घरबाट आफ्नो घर फर्कने क्रममा जानकी गाउँपालिका वडा नं ९ स्थित बाटोबाट चारै जनाले जबरजस्ती खेतमा लगी करणी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अभियुक्त चारै जनालाई ईलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरी उनीहरुविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ ।













