
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारसहित सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो ।
उनीहरु चारै जनालाई शनिबार कोरोना पुष्टि भएको हो । उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । प्रधानमन्त्रीको भने स्वाब संकलन नगरिएकाले चार जनालाई कोरोना देखिएपछि स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ ।
यसअघि प्रधानमन्त्रीकी निजि चिकित्सक प्रा. डा दिव्या सिंह शाहलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।











