
कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेमा गरी ३० जना संक्रमितबाट मृत्यु भएको हो ।
मृतकमध्ये सबैभन्दा बढी कैलालीमा १२ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मृत्यु हुनेमा कञ्चनपुरमा ८ , डडेल्धुराका ३ , दार्चुलाका २ , अछामका २ जना, डोटी, बझाङ र बाँकेका १र१ जना रहेका छन् ।
यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।
शुक्रबार प्रदेशका विभिन्न जिल्लाका २ सय १३ जना कोरोना निको भएर घर फर्केको महाशाखा प्रमुख नरेन्द्र सिंह काकीले जानकारी दिए ।
उनकाअनुसार प्रदेशभर पछिल्लो २४ घण्टामा ९ सय ६४ जना नयां संक्रमित थपिएका छन् ।










