प्रधानमन्त्री ओलीले बादल आउट गरेर श्रीमती बनाए मन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) की श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै ओलीले नैनकलालाई सञ्चार तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन् ।

बादललाई गृहमन्त्रीबाट हटाएर ओलीले उनकी श्रीमतीलाई मन्त्रीमण्डलमा सामेल गराएका छन् । बादल पत्नी नैनकला यसअघि महिला आयोगमा थिइन् ।

नवनियुक्त मन्त्रीहरुको अपराह्न ४ बजे सपथ लिने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको नयां मन्त्रिीमण्डलमा वनमन्त्रीमा नारदमुनि राना, कृषिमा ज्वालाकुमारी साह, सामान्य प्रशासनमा गणेश पहाडी, उद्योगमा राजकिशोर यादव, विनाविभागीयमा मोहन बानियाँ र र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।

यसअघि ओलीले जेठ २१ गते जसपाबाट ८ जना र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गरेका थिए । सर्वोच्च अदालतले ६ जेठमा पूर्व माओवादी खेमाका ७ जना मन्त्रीलाई पदमुक्त गरेपछि नयां मन्त्रीहरु बनाइएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार