देउवालाई मत दिने सांसदलाई स्पष्टीकरण सोधिने एमाले केन्द्रिय समिति बैठकको निर्णय, १० बुँदे एकता प्रस्ताव पारित


काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले एमाले सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिए ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदहरुले पार्टी ह्वीप विपरीत मत दिएकाले उनिहरुसंग स्पष्टीकरण सोधिएको प्रवक्ता ज्ञावालीले प्रष्ट पारे ।

बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यादलले पेश गरेको १० बुँदे प्रस्ताव समेत पारित गरेको उनले जानकारी दिए छ ।
एमालेको केन्द्रिय कमिति बैठक भोली बस्नेगरी आजका लागि सकिएको छ ।

एमाले नेता भिम रावलले सांसद पदबाट दिएको राजीनामालाई पार्टीले कसरीले दिएको छ, भन्ने संचारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञावालीले भने, ‘सासंदबाटै राजीनामा नदिएको भए हुन्थ्यो, पार्टीमा छलफल गर्न सकिन्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार