तालिबान सरकारमा विवाद उत्पन्न, उपप्रधानमन्त्री बरादरले छाडे काबुल

(फोटोः सरकारका उपप्रधानमन्त्री तथा तालिबानका सह–संस्थापक मुल्लाह अब्दुल बरादर)

काठमाडौं । एक महिना अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेर सरकार गठन गरेको तालिबानमा विवाद उत्पन्न भएको छ । बीबीसीका अनुसार नयाँ सरकारबारे तालिबानका सह-संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो । विवाद पछि सरकारका उपप्रधानमन्त्री समेत रेहका बरादरले राजधानी काबुल छोडेका छन् ।

तालिबानका सह–संस्थापक बरादरको समुह र सरकारका एक शरणार्थी मन्त्री खलिल उर रहमान हक्कानीबीच विवाद भएको थियो ।

कतारस्थित तालिबानको कार्यालयका एक सदस्यले पनि गत साता अफगानिस्तानको राष्ट्रपति कार्यालयमा विवाद भएको पुष्टि गरेका थिए ।

यसअघि नै नेता बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद उत्पन्न भएको अनुमान गरिएको थियो ।
समाचाहरुमा बताइएअनुसार उपप्रधानमन्त्री बरादर सरकारको संरचनाप्रति खुसी थिएनन् । यहि बिषयमा विवाद उत्पन्न भएको बताइन्छ ।

तालीबानले सत्ता कब्जा गरेपछि हजारौं अफगानी जनताले देश छाडेका छन् । त्यहाका महिलाहरु सबैभन्दा बढी तालीबानसंग आतंकित छन् । तालिबानले गठन गरेको सरकारमा सबै पुरुष मात्रै रहेका छन् ।

इस्लामिक धर्म कट्टरपन्थी तालिबान यसअघि सरकारमा हुँदा उसले महिलामाथि थुर्पै अमानविय बन्देजहरु लगाएको थियो । जसकारण अहिले पनि अफगानी महिलाहरु तालिबानप्रति आतंकित बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार