काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक गाडी चढ्दा १८ रुपैंया तिर्नुपर्ने

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बृद्धी भएको छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारी यातायातको भाडा आजदेखि लागू भएको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार