
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारले उनिसंग कोहि बस्नै नसक्ने बताए ।
नेकपा स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल नेता, कार्यकर्ताहरु बस्नै नसक्ने बताएका हुन् ।
ओली प्रवृत्तिकै कारण एमालेकै भविष्य सकिएको पनि उनले दावी गरे। अध्यक्ष नेपालले एमाले भन्ने पार्टीमा कुनै क्रान्तिकारिता र कम्युनिस्ट चरित्र नै नरहेको आरोप लगाए ।
उनले अध्यक्ष ओलीको कुर्सीको एउटा खुट्टा भाँच्चिएको पनि बताए। एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको अध्यक्ष नेपालको भनाई छ ।
कार्यक्रममा अध्यक्ष नेपालले एमाले पार्टी परित्याग गरेर समाजवादी प्रवेश गरेका राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षलाई स्वागत गरेका थिए ।
‘












