चितवनमा पनि कोरोना जितेर एक युवा घर फर्किए, निको हुनेको संख्या १२ पुग्यो


काठमाडौं । चितवनमा पनि एक युवा कोरोन जितेर घर फर्केका छन् । निको भएर घर फर्किनेमा चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुष रहेको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ । यसअघि शुक्रबार साँझ मात्रै बागलुङकी १९ वर्षिया युवती धौलागिरी अस्पतालबाट निको भएर घर फर्किएकी थिइन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार