
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेलाई २ मतले पराजीत गर्दै कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।
त्यस्तै वडा ४ मा कांग्रेसको प्यानल विजयी र वडा ३ मा एमालेको प्यानल विजयी भएको छ। वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।












